काठमाडौं, साउन ३ :

नेपाल कम्युनिस्ट पार्टी एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ ।

बैठक आज बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ । हिजोबाट सुरु भएको  बैठकमा पार्टीको विधान महाधिवेशनका विषयमा विशेष गरी छलफल जारी  छ ।

हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । आजपनि नेताहरूले आ आफ्नो धारणा राख्ने कार्यक्रम छ ।  

हिजोको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम,सरकार र विधानका बारेमा जानकारी गराएका थिए  । उनले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह समेत गरेका छन् ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।