
काठमाण्डौं, साउन ५ :
काठमाडौंको तारकेश्वरमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा फेला परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
घटनास्थलमा मोबाईल फोन समेत भेटिएको छ । मृतक महिलाले कालो कपडा,कालो जुत्ता लगाएको र कालै झोला रहेको बताईएको छ ।
ती महिलाको पहिचान खुल्न भने बाँकी रहेको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ ।