काठमाडौं, साउन ५ :

कैलालीको सदरमुकाम धनगढीमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै गए राति भीषण आगलागी भएको हो । आगलागीबाट आठवटा सटरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

स्थानीय बिश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्समा विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

गए राति करिब १०:४५ बजे सुरु आगलागी गए राति १२ बजे नियन्त्रणमा ल्याइएको थियो।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए।

घटनाको थप विवरण र क्षतिको मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ।