काठमाडौं, साउन ५ :

काठमाडौँको तारकेश्वरमा महिला मृतावस्थामा फेला परेकी महिला धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा आज बिहान उनलाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको  जानकारी दिनुभयो ।  

तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिनुभयो ।