शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य बढ्दा चाँदीको स्थिर, यस्तो छ बजार भाउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
सुनको मूल्य बढ्दा चाँदीको स्थिर, यस्तो छ बजार भाउ
काठमाडौं, साउन ५ :

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य गएको बिहीबारदेखि बढ्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला चार सय रुपैयाँले सुनको मूल्य बढेको हो । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँ कायम छ । सुनको मूल्य अघिल्लो दिन (आइतबार) प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य सोमबार भने स्थिर छ । आइतबार प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार) पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार