बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश गण्डकी प्रदेश स्वास्थ्य

पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
कास्की, साउन ५ :

गण्डकी प्रदेशमा झन्डै दुई वर्षपछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। पोखराको चरक अस्पतालमा उपचार गराइरहेकी ७० वर्षीया महिलाको साउन ४ गते मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मृत्यु हुने व्यक्तिमा उच्च रक्तचाप र मधुमेह (सुगर) पनि थियो।

स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै जाँदा उनको मृत्यु भएको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए। उनको पीसीआर परीक्षण गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।

पछिल्लो समय गण्डकीमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। हाल कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना गरी जम्मा ८ जनामा कोरोना देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार