
नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापति पूर्व मन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा अध्ययन हराउँदै गएको बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन श्रोत केन्द्र विभागको आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले अध्ययन नभएको ठाउँमा झगडा हुने बताउनुभयो ।
उनले भने"जहाँ अध्ययन हुँदैन त्यँहा ज्ञान हुँदैन,ज्ञान नभएको ठाउँमा बाहुबली हुन्छ, जहाँ बाहुबली हुन्छ त्यहाँ द्वन्द्व र झगडा हुन्छ। जहाँ द्वन्द्व,झगडा हुन्छ त्यहाँ विनाश निम्तिन्छ। नेपाली राजनीति झगडा र विनाश उन्मुख छ ।"
आजको पुस्ताले अध्ययनमा समय खर्चिन नचाहेको तर्फ संकेत गर्दै माइक र मंच पायोकि अरुलाई गाली मात्रै गर्ने यसको पछिल्लो उदाहरण भएको तर्क गर्नुभयो ।
अध्ययन नभएका कारण आज भोलि राजनीतिमा आउने बित्तिकै मैले के पाए भन्ने गरेको उनले उदाहरण प्रस्तुत गर्नुभयो । उपसभापति गुरुङले भने ,"अध्ययन विना ज्ञान हुँदैन ज्ञान नभएको ठाउँमा मैले के पाए भन्ने मात्र हुन्छ ।"