काठमाडौं, साउन ६ :

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको छ । सुनको मूल्य गएको बिहीबारदेखि बढ्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँ कायम छ । हिजो (सोमबार) सुन प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आइतबार भने प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आइतबार र सोमबार प्रतितोला २३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । आज (मंगलबार) चाँदी प्रतितोला ६५ रुपैयाँले घट्दै २३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।