शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति भिडियो

सरकारले भ्रष्टाचार गर्न टेन्डर पाएजस्तो व्यवहार गरिरहेको छ : अध्यक्ष लिङ्देन

‘अहिले कुन मन्त्रीले कति कमाउने भन्ने प्रतिष्पर्धा भइरहेको छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
सरकारले भ्रष्टाचार गर्न टेन्डर पाएजस्तो व्यवहार गरिरहेको छ : अध्यक्ष लिङ्देन
काठमाडौं, साउन ७ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेको संयुक्त सरकारले भ्रष्टाचार गर्न टेन्डर पाएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन् । अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिष्पर्धा भइरहेको उनको भनाइ छ । उनले वर्तमान सरकारका एकदुई जना नभएर दर्जनबढी मन्त्रीहरुमाथि छानविन गर्नुपर्ने पनि बताए ।

 उनले पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न जटिल हुँदै गएको बताए । उनले केही कर्मचारीलाई कारबाही गरेर मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउन जरुरी रहेको बताए ।

संसद्‍मा रास्वपा र राप्रपाको दैनिकी, पहिला आफू बोल्ने अनि बाहिरिने

उनले भने, ‘अहिले काँग्रेस र एमालेजस्तो दुई ठूला पार्टीहरु मिलेको सरकारले देश लुट्नलाई टेण्डर पारेको जस्तो व्यवहार भइरहेको छ । अहिले कुन मन्त्रीले कति कमाउने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको छ । अहिले एकदुई मन्त्रीको कुराको होइन । अहिले एक दर्जनभन्दा बढी मन्त्रीको छानविन गर्नुपर्ने बेला आएको छ । अहिले भ्रष्टाचार कहाँ छ भनेर भन्नु परेन अहिले भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने बेला आएको छ । अब यो भ्रष्टाचारको अन्त्य केही कर्मचारीहरुलाई कारबाही गरेर हुन्न । भ्रष्टाचारको जरो र छाता भनेको राजनीतिक क्षेत्र हो । जबसम्म राजीनितक नेतृत्वलाई छानविनको दायरामा ल्याइँदैन । तबसम्म भ्रष्टाचार अन्त्यको कल्पना गर्न सकिँदैन ।’

उनले भिजिट भिसा प्रकरणमा दुई विपक्षी दलहरु आन्दोलनमा रहँदा समेत सरकार गम्भीर नभएको भन्दै संवादका लागि अग्रसर हुन आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार