शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न: नेता केसी

रासस रासस · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न: नेता केसी
काठमाडौं, साउन ७ :

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै सदनलाई झुक्याउने गरी कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिन नहुने बताएका छन् ।

आज नेपाल निजामती कर्मचारी युनियन,विभागीय कार्यसमिति, महालेखा परीक्षकको कार्यालयले आयोजना गरेको नवौँ विभागीय अधिवेशन तथा नवनियुक्त, पदोन्नति प्राप्त कर्मचारीलाई स्वागत, अवकाश प्राप्त कर्मचारीलाई बिदाई एवं सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एउटा समितिबाट पारित भइसकेको कुलिङ पिरियडको व्यवस्था सिङ्गै सदन झुक्याउने गरी अर्को आउँछ भने त्यो भन्दा ठूलो धोका अरु के हुन्छ ? भोलिका दिनमा कसैले देशलाई नै खतरा हुने गरी संशोधन गरे त्यसको जवाफदेही को हुन्छ ?”

नेता केसीले निजामती सेवा ऐनलाई परिर्वतन गरी प्रशासनिक सेवा, नागरिक सेवालगायत राख्नुपर्ने जिकिर गरेका छन् । उनले भने, “यो विषय अहिले राष्ट्रियसभामा पुगिसकेको छ । हाम्रो हातमा पनि छैन । तर मेरो विचारमा निजामती सेवा ऐन परिर्वतन गर्न जरुरी छ ।”
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार