
माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले कास्य पदक जित्न सफल भएको छ ।
आज भएको खेलमा नेपाली टोलीले श्रीलंकाको पुलिस क्लबलाई ३-१ ले हराएको हो । पहिलो र दोस्रो सेटमा विजयी भएको हेल्प नेपाल तेस्रो सेटमा हार बेहोरेको थियो ।
टोलीले फेरी चौथो सेटमा जितका निकाल्दै तेस्रो स्थान हात पारेको हो ।
पहिलो सेट २५-२० तथा दोस्रो सेट २५-१५ ले जितेको थियो भने तेस्रो सेट २०-२५ ले गुमाएको थियो । चौथो सेटमा २५-२३ को जित निकाल्दै हेल्प नेपालले कास्य पदक जितेको हो ।
सेन्ट्रल एसियन भलिबल एसोसियन काभाको आयोजना भएको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा भएको थियो ।
दुवै पटकको सहभागितामा हेल्प नेपालले पदक जितेको छ।
गत वर्ष स्वदेशमा भएको च्याम्पियनसिपमा हेल्प नेपालले रजत पदक जितेको थियो।