नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।
उसो त हिजो (बुधबार) अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २१ सय रुपैयाँले बढेको थियो । महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बिहीबार) भने एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।
यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घट्दै २३ सय ३५ रुपैयाँ कायम छ । हिजो (बुधबार) चाँदी प्रतितोला २३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।