आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा फिर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा फिर्ता
काठमाडौं, साउन ८ :

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।

यो संशोधन संविधानको  मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास  प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा (बिहीबार) फिर्ता पठाएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।

दुवै सदनबाट पारित भई आएको संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष आएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार