मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी #प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
समाचार

बागमती र गण्डकी प्रदेशमा भारी वर्षा

कोसीका तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ साउन, २०८२ मा प्रकाशित
बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
काठमाडौं, साउन ९ :

देशभर शुक्रबार दिउँसो साधारणत: बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार राति कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोसीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । कोसीका तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।

देशभर अहिले मनसुनी वायुको प्रभाव कमजोर छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार