
देशभर शुक्रबार दिउँसो साधारणत: बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार राति कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोसीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । कोसीका तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।
देशभर अहिले मनसुनी वायुको प्रभाव कमजोर छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।