शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

पुरानो तस्विरलाई लिएर सामाजिक सञ्जालमा गलत प्रचार भएको भन्दै गुरुङको सचिवालयको आपत्ति

· शुक्रबार, ९ साउन, २०८२ मा प्रकाशित
पुरानो तस्विरलाई लिएर सामाजिक सञ्जालमा गलत प्रचार भएको भन्दै गुरुङको सचिवालयको आपत्ति
काठमाडौं, साउन ९ :

नेपाली काङ्ग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङको पुरानो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत प्रचार गरिएपछि गुरुङको सचिवालयले आपत्ति जनाएको छ ।

गुरुङको सचिवालयले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

सामाजिक सञ्जालमा सम्बन्ध विच्छेद हुनु पूर्व पत्नी ज्योति गुरुङसँग खिचिएको फोटोलाई हालै न्युयोर्कमा घुमघाम गर्दै खिचिएको फोटो भनी भ्रम पूर्ण प्रचार प्रसार गरिएपछि सचिवालयले ध्यानाकर्षण भएको जनाएको हो ।

'सामाजिक सञ्जालमा प्रचार गरिएको फोटो सम्बन्ध विच्छेद हुनुपूर्व खिचिएको सबैलाई जानकारी गराइन्छ ।  धनराज गुरुङ संविधानसभा सदस्य भएका बेला उक्त फोटोमा संविधानसभा सदस्यको लोगो प्रस्ट देख्न सकिन्छ ।

२०७६ सालमा सम्बन्ध विच्छेद भइसकेको हुँदा हाल आएर उक्त तस्विर राजनैतिक प्रतिशोधका कारण प्रचार गरिएको सचिवालयको ठहर छ, विज्ञप्तिमा भनिएको छ ।

व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा फोटो राख्नेलाई सञ्जालको दुरुपयोग नगर्न सचिवालयले आग्रह समेत गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने कार्य नरोकिएका कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने समेत सचिवालयले चेतावनी दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार