नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । बिहीबार सुन अघिल्लो दिनको तुलनामा प्रतितोला २४ सय रुपैयाँले घटेको थियो ।
महासंघका अनुसार सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँ कायम छ । हिजो बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै २३ सय ४० रुपैयाँ कायम छ । हिजो (बिहीबार) चाँदी प्रतितोला २३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।