प्रधानमन्त्री केपी ओलीले तराई-मधेसको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।
सरकार (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिनाका लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।
प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।