.jpg)
लामो समयसम्म वर्षा नभएर सुक्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरुको महत्त्व बढेको छ ।
विशेष गरेर चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गर्ने गरिएका स्थानका पानीका स्रोतहरुमा स्थानीयको ध्यान केन्द्रित हुन थालेको छ ।
मधेस प्रदेशमा चुरे क्षेत्रका प्राकृतिक र कृत्रिम सानाठुला गरी दुई सय बढी संरक्षण पोखरी निर्माण भएका छन् । नेपालभरको चुरे क्षेत्रमा कति यस्ता पोखरी छन् भन्ने यकिन तथ्यांक भने छैन ।
सुक्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजना : ५ सय डिप बोरिङ जडान गरिने
भूमिगत पानीको सतह घट्दै गएपछि त्यसको परिपूर्ति गर्न राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समितिले र अन्य पर्यावरण संरक्षणमा लागेका संघ-संस्थाहरुसँग मिलेर चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गर्दै आएका छन् । अत्यधिक चुरेदोहनका साथै जलवायु परिवर्तनको असर मुख्य रुपमा पानीमा देखिएकाले भविष्यमा तराईका जिल्लामा पानीको चरम अभाव हुन नदिन चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गरिएको हो ।
प्रस्तुत छ- मधेस प्रदेशअन्तर्गत महोत्तरीमा रहेका केही प्राकृतिक र कृत्रिम पोखरीका तस्बिर :
सबै तस्बिर : न्युज एजेन्सी नेपाल