
काठमाडाैं, साउन १० :
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा सार्वजनिक रूपमा मत राखेका राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई नेकपा एमालेले संगठनबाट एक वर्षका लागि निलम्बन गरेको छ।
युवा संघ लुम्बिनी प्रदेश समितिले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै खरेललाई पदमुक्त गर्दै संगठनका सम्पूर्ण जिम्मेवारीबाट हटाएको हो। खरेलमाथि १०औँ महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अभद्र व्यवहार, सामाजिक सञ्जालमा नेतृत्वमाथि लाञ्छना, निर्देशन अवज्ञालगायत आरोप लगाइएको छ।
रुपन्देहीका खरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। उनले इमेलमार्फत आरोप अस्वीकार गर्दै तीन पेजको स्पष्टीकरण पठाएका थिए। यो कारबाहीलाई एमालेभित्र विद्या भण्डारीको पक्षमा उठेका स्वरहरू दबाउने प्रयत्नको रूपमा हेरिएको छ।