सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै बन्दीपुर नेपालकै चर्चित पर्यटकीयस्थल भएकाले यस ठाउँको विकासका लागि केन्द्र सरकारले विशेष ध्यान दिने उल्लेख गरिन् ।
धरमपानीमा जनताको साथमा सङ्गठन बनाउँदा धरमपानीले आफूलाई ठूलो गुण लगाएको स्मरण गर्दै न्यौपानेले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने बताइन् । मन्त्री नहुँदा धरमपानी आसपासको विकासका लागि २५ करोडभन्दा बढी बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले बन्दीपुर धरमपानी सडकलाई गतवर्ष चार करोड र यसवर्ष त्यसभन्दा धेरै बजेट विनियोजन हुने बताइन्।
बन्दीपुर धरमपानी साराङघाटलाई कालोपत्र गरी बन्दीपुरको विकासमा टेवा पुग्ने काम गर्ने मन्त्री न्यौपानेको भनाइ थियो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, वडाध्यक्ष बलहादुर गुरुङ सहभागी थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान