शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
विदेश

गाजामा भोकमरी चरम

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० साउन, २०८२ मा प्रकाशित
गाजामा भोकमरी चरम
रोम, साउन १० :

युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकायले जनाएको छ । उक्त निकायले गाजाको अवस्था ‘अझै डरलाग्दो र चिन्ताजनक स्तरको’ भएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले यसअघि नै गाजामा भोकमरीको गम्भीर खतरा रहेको उल्लेख गरिसकेको थियो । इजरायलको कारबाहीको विश्वभर तीव्र आलोचना भइरहेका बेला गाजामा अत्यावश्यक राहत सामग्री पुग्न नपाउँदा अवस्था भयावह भएको हो ।

डब्लुएफपीको विज्ञप्तिमा भनिएको छ, “तीन जनामध्ये झन्डै एक जना मानिसले धेरै दिनदेखि केही पनि खान पाएका छैनन् । कुपोषण तीव्र रूपमा बढिरहेको छ, जसअनुसार झन्डै ९० हजार महिला र बालबालिका तुरुन्तै उपचारको खाँचोमा छन् ।”

संस्थाले अझ भन्यो,“यो वर्षको  मेदेखि सेप्टेम्बरसम्म करिब चार लाख ७० हजार मानिस चरम भोकमरीको अवस्थामा पुग्ने अनुमान गरिएको छ, जुन खाद्य सुरक्षाको सबैभन्दा डरलाग्दो स्तर हो।”
“अत्यधिक महङ्गो भएका कारण बजारबाट खानपिन खरिद गर्न सकिने अवस्था छैन । मानिसहरूले राहतबाट प्राप्त हुने खानेकुरामा मात्र भर पर्नुपर्ने अवस्था छ,” डब्लुएफपीले उल्लेख गरेको छ ।

“मानवीय सहायता अभावकै कारण मानिसहरू ज्यान गुमाइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।इजरायलले गएको मार्च महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा रोक लगाएको छ, जसका कारण बालबालिकामा कुपोषणको अवस्था झनै गम्भीर बन्दै गएको विभिन्न राहत संस्थाहरूले चेतावनी दिइरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार