
झापा, साउन १० :
प्रहरीले झापामा एकजना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रहरीले दुई राउन्ड गोली प्रहार गरी भद्रपुर नगरपालिका–५ मा ३६ वर्षीय मोहम्मदर इस्लामलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंको संयुक्त टोलीले उनलाई शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला पारेको थियो। पक्राउको क्रममा प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि इस्लामलाई गोली प्रहार गरिएको ब्यूरो प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
गोली इस्लामको घुँडामुनि लागेको र हाल उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचार गरिँदैछ। प्रहरीले इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरेको छ।टनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।