पाल्पा, साउन १० :
पाल्पामा अरिङ्गालले टोकेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका-२ सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानुकुमारी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए ।
उनका अनुसार अरिङ्गालले टोकेर घाइते भएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकामा मृत्यु भएको हो । घर नजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा उहाँलाई कालो अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालको टोकाइले गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएकामा थप उपचारका लागि प्रभास ल्याइएको थियो । उनको आजै शवपरीक्षण गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ