
नेपाल प्रहरीमा गत आर्थिक वर्षमा २३ सय ६९ जनाले राजीनामा दिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । प्रहरी प्रवक्ता (प्रहरी नायब महानिरीक्षक) विनोद घिमिरेले गत आर्थिक वर्ष ०८१/८२ मा नयाँ नियुक्ति पदस्थापना २७ सय १७ जना रहेको बताए ।
त्यस्तै बढुवा र पदस्थापना सात हजार चार सयजना र सरुवा २१ हजार २२४ रहेको बताए । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १९ सय ४९ जना रहेको पनि घिमिरेले जानकारी दिए ।
‘यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना दुई हजार सात सय १७ जना, बढुवा र पदस्थापना सात हजार चार सयजना र सरुवा २१ हजार २२४ रहेको छ,’ उनले भने, ‘२३ सय ६९ जनाले राजीनामा दिनुभएको छ । जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना रहनुभएको छ । अनिवार्य अवकाशमा जानेहरु ५२३ जना हुनुहुन्छ । १२ हजार २२ प्रहरी कर्मचारी पुरस्कृत हुनुभएको छ । कारबाही २ हजार ७३ जनालाई गरेका छौं ।’
प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरु ५२३ जना रहेको बताए । उनका अनुसार गत आवमा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने २ हजार ७३ जनालाई कारबाही गरिएको छ ।