
काठमाडौं, साउन १२ :

भ्रष्टाचारमा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।
उनी नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारको मुद्धामा मुछिएका छन् ।
विशेष अदालतमा हाजिर भएर बयान दिएपछि भएको थुनछेक बहसपछि उनलाई आइतबार अदालतले धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतको वभेसाइटमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा झा विरुद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेकोको थियो ।