रसुवा, साउन १२ :

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका  मनोज न्यौपाने रहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले जनाएका छन् । उनीहरु हिजो गोसाईकुण्डमा स्नान गर्ने क्रममा डुबेका हुन् ।

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ ।  बेपत्ताको खोजीका लागि नेपाली सेना  श्रीनाथ गण,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई  गोसाइँकुण्ड पठाइसकिएको छ ।