अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।
अवार्ड ग्रहण गरेपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायको विश्वास र साथका लागि आभार व्यक्त गर्दै अवार्डको श्रेय उनीहरूलाई समर्पित गर्ने घोषणा गरे ।
शाहीले भने, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश-विदेशमा रहेका नेपालीहरूको विश्वासको प्रतिफल हो । यो अवार्डले निःसन्देह समाजमा सकारात्मक काम गर्ने प्रेरणा दिनेछ र एकताको भावना थप मजबुत बनाउनेछ ।’
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।