आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र भिडियो

निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं : पर्यटनमन्त्री पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ साउन, २०८२ मा प्रकाशित
निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं : पर्यटनमन्त्री पाण्डे
काठमाडौं, साउन १२ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गरेका छन् ।

‘निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ । निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ । हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै पर्यटनमन्त्री पाण्डेले भने ।

उनले संविधानसभामार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए । उनले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ विधेयकसमेत अघि बढिसकेको उल्लेख गरे ।

मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणका रूपमा समावेश गरिएको जानकारी गराए ।

‘नेपाललाई आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्यका रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो,’ उनले भने, ‘यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्‍याउनेछ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार