काठमाडाैं, साउन १२ :

सिन्धुलीबाट बेपत्ता भएको हायू परिवार पोखरामा भेटिएका छन्। उनीहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार सबैजना प्रहरीको सम्पर्कमा आएका छन् ।

मधेस प्रदेशको ०४-००१ ज ००८१ नम्बरको ईभी भ्यानमार्फत साउन १० गते राति सिन्धुली–हेटौंडा–मुग्लिन हुँदै पोखरा पुगेका थिए । 

ईभी चालक लेकसाईडमा रहेको जननी होटलमा लगेर छाडेका थिए । उक्त परिवार साउन १० गते राति १ बजे आश्चर्यजन ढंगले आफ्नो घर, गाईवस्तु छाडेर हिँडेका थिए ।

उनीहरू गत शनिबार नै पोखरास्थित होटल जननीमा तीनवटा कोठा लिएर बसेको पुष्टि होटल सञ्चालकले गरेका छन्। सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार होटलमा आएको परिवार आइतबार नै चेकआउट गरेर निस्केका थिए। त्यसपछि उनीहरु गगनगौंडा स्थित दुई घरमा बाँडिएर बसेको अवस्थामा फेला परेका हुन् ।

उनीहरूले सिन्धुलीको उक्त घरमा बस्दा आफूहरू बिरामी पर्न थालेपछि नयाँ ठाउँको खोजीका लागि पोखरा पुगेको बताएका छन् ।

परिवारकी मुखिया उर्मिलासहित १५ जना सदस्य ४ दिनदेखि सम्पर्कविहीन भएपछि प्रहरीले खोजी जारी राखेको थियो। मोबाइल लोकेसनको आधारमा विशेषत रामेछापको मन्थलीतिर खोजी भइरहेको थियो।

सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन, प्रहरीद्वारा खोजी कार्य जारी

यसैबीच, हराइरहेका परिवार सदस्यमध्ये सुजाता हायू प्रहरी सम्पर्कमा आएकी छिन्। ५२ वर्षीया उर्मिला हायूकी माइली छोरी सुजाता र ज्वाइँ आयुष श्रेष्ठ हाल काठमाडौंमा रहेको खुलेको छ। सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार उनीहरू केही महिनादेखि काठमाडौंमा बस्दै आएका छन्। 

 

बेपत्ता भनिएका १६ जनाको विवरण यस्तो छ :