सुर्खेत, साउन १३ :
भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सतर्क रहन आग्रह गरेको छ । भेरी नगरपालिका १, रिम्ना जाजरकोटमा रहेको भेरी रिम्ना जल मापन केन्द्रमा पानीको बहाव बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो ।
‘जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाइराखौं,’ जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, ‘नदीको किनारमा रहेका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।’
डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सतह केही बढेकाले सतर्क रहन आग्रह गरेको जनाए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ