बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कर्णाली प्रदेश

भेरी नदीमा फसेका चार जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
भेरी नदीमा फसेका चार जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
काठमाडौं, साउन १३ :

डोल्पाको ठुलोभेरी नगरपालिका–३, धुपीचौरस्थित भेरी नदीको बिच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

आज बिहान दाउरा लिन गएका उनीहरू नदीमा एक्कासी पानीको बहाव बढेपछि नदीको बिच भागमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज भट्टको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरूमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६, पालुङ बस्ने ३३ वर्षीया ललित बोहरा, २६ वर्षीया नन्दप्रसाद बोहरा, ३५ वर्षीया लालकुमार बुढा र ३७ वर्षीया श्यामलाल बोहरा छन्।

उद्धार पश्चात उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरूको अवस्था भने सामान्य रहेको बताइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार