
बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित गरेको छ ।
मंगलबार संसदीय दलको बैठकमा बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल हुँदा अविश्वासको पक्षमा २२ र विपक्षमा १५ मत परेको हो। मत विभाजन हुँदा कुल ३७ मतमध्ये मुख्यमन्त्री लामाको पक्षमा १५ मत मात्रै पर्यो ।
अब संसदीय दलको नेता परिवर्तन भएपछि मुख्यमन्त्री पनि परिवर्तन हुने भएको छ । बैठकमा संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको थियो ।
अविश्वासको पक्षमा उभिने सांसद :
इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ।
लामाको पक्षमा उभिने सांसद :
बहादुर सिंह लामा, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी ।