बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका दुई मन्त्रीका गाडी आपसमा ठोक्किए, मानवीय क्षति भएन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
सुदूरपश्चिमका दुई मन्त्रीका गाडी आपसमा ठोक्किए, मानवीय क्षति भएन
कैलाली, साउन १३ :

सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका गाडी कैलालीको लम्कीमा एकआपसमा ठोक्किएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की चढेका गाडी आपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, पाल चढेको बा.२झ १४१९ नम्बरको गाडीलाई सार्की चढेको से.१झ ३३० नम्बरको गाडीले पछाडिबाट ठक्कर दिएको हो । घटना दिउँसो करिब सवा १ बजे लम्की क्षेत्रमा भएको हो ।

गाडीमा सामान्य क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । पाल चढेको गाडीको पछाडिको भाग र सार्कीको गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका ९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन तथा चिसापानीस्थित रानी-जमरा इन्टेक कर्णाली परियोजनाको अवलोकन गर्न गएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार