काठमाण्डौं, साउन १३ :

पतञ्जलि जग्गा भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पन्तसँग धरौटी माग  गरेको हो। उनीमाथि सरकारी पदमा रहँदा हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा तथा बिक्री गर्न पतञ्जलि योगपीठको निवेदन मन्त्रिपरिषद्मा लैजाने प्रक्रिया अघि बढाएको आरोप छ।

पतञ्जलि योगपीठले सरकारी नियम विपरीत ठूलो परिमाणको जग्गा साटासाट र खरीदको अनुमति माग्दै निवेदन दिएको थियो। पन्त तत्कालीन समयमा सचिव थिए। अदालतले भ्रष्टाचार निवारण ऐनअनुसारको अभियोगमा उनीविरुद्ध मुद्दा अगाडि बढाएको हो।