काठमाण्डौँ , भदौ २९ :

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गत आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बसिरहेको छ ।

सिंहदरबारमा जारी बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेट लगायतका विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषयका सम्बन्धमा सदस्यसँग छलफल भइरहेको जनाइएको छ ।