कञ्चनपुर, भदौ २९ :

महाकाली नदीमा बाढीको बहाब तिब्र बनेको छ ।

नदीमा पानीको सतह बढ्दा सतर्कताको रेखा पार गरेको स्थानीय प्रशासनले जनाएको छ। 

नदी किनारामा सुरक्षित रहनसमेत प्रशासनले आग्रह गरेको छ । 

महाकालीमा पानीको बहाब बढेर साढे तीन लाख क्युसेक पुगेको छ । २ दिन देखिको अबिरल बर्षासँगै धेरै ठाउँमा कटान र डुवान शुरु भएको छ । 

नेपाल-भारत सीमा क्षेत्रको बनबसा पुलमा एक लाख क्युसेक पानी पुग्ने बित्तिकै खतराको तहमा पुगेकोे मानिन्छ ।

पानीको बहाब बढेपछि बनबसा पुलमा सबै सवारी साधन र आवतजावत बन्द गरिएको छ ।

यो सँगै दोधारा चादनी नगरपालिका वडा नं.१० कुतियाकबरमा महाकालीको बाढीले जोगबुढा नदी थुनिँदा डुवान भएको छ ।

 भीमदत्त नगरपालिका १० र ११ वडा क्षेत्रमा भुजेला नाला थुनिँदा बस्ती नै डुबेको छ  ।।