काठमाडौं, साउन १४ :

पार्टी अध्यक्षबारे निर्णय लिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला अहिले जारी छ । मध्य बानेश्वरमा जारी भेलाले अनुशासन समितिले गरेको कारबाहीलाई अनुमोदन गराउने तयारी छ ।

अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि राष्ट्रिय भेला बोलाइएको हो । भेलामा केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायत सहभागी छन् ।

रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि अनुशासन समितिले उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी मंगलबार निर्वाचन आयोगलाई गराइसकेको छ । रञ्जिताले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।  त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।

अनुशासन समितिले गरेको कारबाहीलाई राष्ट्रिय भेलाले अनुमोदन छ ।