शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ #टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ
राजनीति भिडियो

जगप्रसाद शर्माको आरोप- भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै भए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
जगप्रसाद शर्माको आरोप- भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै भए
काठमाडौं, साउन १४ :

नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । 

मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको उनको आरोप छ । उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत दिए । उनले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाए।

उनले भने, ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ । भ्रष्टाचारको मुख्य दोषि सरकार नै हुन्छ । सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन् । सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ । यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन् । र आउने पुस्ताको भविष्य झन डामाडोल हुँदै गइरहेको छ । यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिष्टमा निस्किने होइन कि सिधै ब्ल्याक लिष्टमा जाने अवस्था आउन सक्छ । भ्रष्टाचार गर्न विशेष कदम चाल्न र सम्पती छानविन गर्न प्रक्रिया अगाडि बढाइयोस् म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार