मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
राजनीति प्रदेश लुम्बिनी प्रदेश

भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको रास्वपाको दाबी

राज्यले नीति र संरचना बनाएर पनि नागरिकलाई दुःख दिएको निष्कर्ष
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको रास्वपाको दाबी
भैरहवा, साउन १४ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको दाबी गरेको छ ।

भैरहवामा बुधवार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका मुख्य सचेतक सन्तोष परियारले यस्तो दाबी गरेका हुन् । उनले भिजिट भिसाको आवरणमा नेपालमा लामो समयदेखि भ्रष्टाचार र मानव तस्करी भइरहेको बताए । उनले त्यसलाई रास्वपाले नै नेपाली जनताको घरदैलोको मुद्दा बनाएको बताए । राज्यले नीति र संरचना बनाएर पनि नागरिकलाई दुःख दिएको रास्वपाको निष्कर्ष छ ।

उनले भने, ‘भिजिट भिसाको आवरणमा जुन किसिमको भ्रष्टाचार, मानव बेचबिखन र मानव तस्करी लामो समयदेखि नेपालमा भइरहेको थियो । त्यो मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उठाएर नेपाली जनताको घरघरको मुद्दा र राज्यले नीति बनाएर, संरचना बनाएर आफ्ना नागरिकलाई दिएको दुःखको मुद्दा हामीले संसदमा स्थापित गर्‍यौं भन्ने हाम्रो ठम्याइ रह्यो । भ्रष्टाचारका अन्य मुद्दाहरु हामीले संसदभित्र उठायौं । अहिले पनि आन्दोलनकै क्रममा छौँ ।’

उनले भ्रष्टाचारका मुद्दाहरु पनि संसदभित्र आफूहरुले उठाइरहेको बताए । अहिले पनि रास्वपा आन्दोलनकै क्रममा रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार