शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने
मकवानपुर, साउन १४ :

नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ ।

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी गराएका हुन् ।

उनले नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै जो संस्थापन बनेर आउछ,उसैलाई समर्थन गर्ने जनाए । उनले नेपाली कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको बताए ।

नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाउनुभएको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रीमण्डल विस्तारलाई नेकपा एमालेले रोक्न लगाएका थिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार