
नागरिक उन्मुक्ति पार्टी नाउपाको हिजोदेखि जारी भेलाले आज नयाँ कार्यसमिति चयन गर्ने बताईएको छ ।
यो भेला बहुमत केन्द्रीय सदस्यले आह्वान गरेको हो । भेलामा पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका केन्द्रीय सदस्य तथा सांसदहरु भने उपस्थित भएका छैनन् ।
भेलाको पहिलो दिन अध्यक्ष श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको छ ।
अध्यक्षका लागि प्रतिनिधि सभा सदस्य लालवीर चौधरी, रामलाल डगौरा र गङ्गा चौधरीको चर्चा चलेको छ ।
यता अध्यक्ष रन्जिता श्रेष्ठले भने विधान विपरित बोलाईएको भेलाको वैधानिकता नभएको बताएकी छिन् । पार्टीको विधान अनुसार राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै भएको र आफुले कुनै राष्ट्रिय भेला आह्वान नगरेको बताउदै श्रेष्ठले त्यो भेला वैधानिक छैन भन्नुभयो ।
उनले पार्टीभित्रको पछिल्लो गतिविधिले पार्टी अझै कमजोर बनेको टिप्पणी गरेकी छन् ।