
सरकारले मन्त्रिपरिषद् बैठकको पछिल्लो निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार पत्रकार सम्मेलनमार्फत साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुन: स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।
राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न रामु प्रसाद डोटेल पर्वतको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय समेत भएको छ । कार्यदलमा रमेश प्रसाद शिवाकोटी र चण्डी प्रसाद घिमिरे सदस्य रहेका छन् ।
यस्ता छन् थप निर्णय :