बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
अर्थतन्त्र

‘नेपाल बन्छ भन्ने तपाईं-हामीले गरेर देखाउनुपर्नेछ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
‘नेपाल बन्छ भन्ने तपाईं-हामीले गरेर देखाउनुपर्नेछ’
काठमाडौं, साउन १५ :

प्रधानमन्त्री केपी ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा उनले भविष्यलाई परित्याग गरिए कहीँ पनि बाँकी नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौं भन्ने भावका साथ लाग्नुपर्नेमा जोड दिए ।

‘हामी सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुँदै छौं । त्यसपछि विकसित मुलुकमा पुग्नेछौं । हाम्रो देश अरुले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै लागेमा वी क्यान डू... नेपाल बन्छ ।’ कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार