शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चद्वारा सदर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चद्वारा सदर
ललितपुर, साउन १५ :

उच्च अदालत पाटनले रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेशलाई सदर गरेको छ ।

सर्वोच्चका न्याय सेवाका शाखा अधिकृत विष्टलाई  जेठ ५ मा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बराललेएक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

 धरौटीमा छाड्ने जिल्ला अदालतको उक्त आदेशलाई बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले पनि सदर गरेको हो ।

मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले फर्जी पत्र बनाएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई सर्वोच्चमा मुद्दा विचाराधीन भएकै अवस्थामा थुनाएका थिए । जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार