ललितपुर, साउन १५ :

उच्च अदालत पाटनले रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेशलाई सदर गरेको छ ।

सर्वोच्चका न्याय सेवाका शाखा अधिकृत विष्टलाई  जेठ ५ मा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बराललेएक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

 धरौटीमा छाड्ने जिल्ला अदालतको उक्त आदेशलाई बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले पनि सदर गरेको हो ।

मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले फर्जी पत्र बनाएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई सर्वोच्चमा मुद्दा विचाराधीन भएकै अवस्थामा थुनाएका थिए । जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।