काठमाडाैं, साउन १५ :

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची अनुसार निगमले डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य भने बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको छ ।एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ । समायोजित नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।