
विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गए राति महाराजगञ्जमा रहेको साम्बाला होटलबाट पक्राउ गरेको छ ।
जन्मदिन मनाउन भेला भएका चक्रे मिलन मिलन गुरुङ र उनका ४७ जना सहयोगलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।
चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै उनको जन्मदिन पार्टी मनाइरहेको प्रहरीले जनाएको छ । त्यसक्रममा हिजो दिउँसो उनी पशुपति क्षेत्र,ठमेलमा पनि गएको प्रहरीको भनाई छ ।
अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्कर सहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।
उनीहरुको साथबाट प्रहरीले खुकुरी,रड जस्ता सामानहरु पनि बरामद गरेको छ । प्रहरीले केही दिनदेखि उनको समुहलाई निगरानी गर्दै आएको थियो ।