नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ ।
हिजो बिहीबार सुन प्रतितोला ८०० सय रुपैयाँले घटेको थियो भने चाँदी प्रतितोला ४० रुपैयाँले घटेको थियो ।
महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँ कायम छ । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० सय रुपैयाँ थियो । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँ तथा मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घट्दै २२ सय ३५ रुपैयाँ कायम छ । बिहीबार चाँदी प्रतितोला २२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।