बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका दुई राजमार्ग पहिरोका कारण अवरुद्ध

· शुक्रबार, २९ भदौ, २०८१ मा प्रकाशित
सुदूरपश्चिमका  दुई राजमार्ग पहिरोका कारण अवरुद्ध
डडेलधुरा, भदौ २९ :

सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । 

डडेल्धुरामा भीमदत्त राजमार्ग र केआइसिंह राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

लगातारको वर्षाका कारण भीमदत्त राजमार्गको साहुखर्क र केआइसिंह राजमार्गको रडुवामा पहिरो गएको छ । पहाडी जिल्लाहरूमा वर्षाका कारण टेलिफोन र विद्युत् सेवासमेत अवरुद्ध हुँदै आएको छ । 

फल्टुडे, खानीडाँडा, भासुभिर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायत क्षेत्रको सडक खण्ड पनि अबरुद्ध हुन पुगेको छ ।

गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीवार राति खसेको पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । साहुखर्कमा हिजो साँझदेखि नै पहिरो खसिरहेको थियो।
राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन साहुखर्क मै रोकिएका छन्।

यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढाबुडर सडक पनि बन्द भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार