
ताप्लेजुङ, साउन १७ :
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ आहालेमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । घरायसी विवादको क्रममा २२ वर्षीय मनकुमार विश्वकर्माले २० वर्षीय भाइ रोशन विश्वकर्माको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पेटमा खुकुरी लागे भाइको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन लिम्बूले बताएका छन्। खुकुरीसहित पक्राउ परेका मनकुमारमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।