
नवलपरासी, साउन १७ :
राप्रपाकी केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको घोषणा गरेकी छन् । आफनो सामाजिक सञ्जालमा पार्टी अध्यक्ष राजेन्द्र लिंदेललाई सम्बोधन गरेर लेखेको स्टाटसमा साधारण सदस्यसमेत नरहनेगरि पार्टी छोडेको घोषणा गरेकी हुन् ।
गैंडाकोटकी स्थायी वासिन्दा बस्याल पार्टी स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर सक्रिय भूमिक निर्वाह गर्दै आएकी थिइन् । उनी राप्रपाबाट पूर्वी नवलपरासीमा संसदीय निर्वाचनमा समेत उम्मेदवार बनेकी थिइन् ।